अस्ट्रेलियामा बाढीको कहर, हजारौं मानिसलाई सुरक्षित ठाउँमा सर्न आग्रह

अस्ट्रेलियामा बाढीको कहर, हजारौं मानिसलाई सुरक्षित ठाउँमा सर्न आग्रह
नेपालआईज
२८ असोज २०७९ ५:२८

अस्ट्रेलियाका तीन राज्यमा विगत केही दिनदेखी परेको भीषण बर्षाका कारण गएको बाढीले हजारौं मानिसहरु विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा जान स्थानीय निकायले आग्रह गरेका छन् ।
अविरल बर्षाका कारण अस्ट्रेलियाका न्यू साउथ वेल्स, भिक्टोरिया र तास्मानिया राज्यमा गएको बाढीले हालसम्म एक जनाको ज्यान गएको छ भने करिब ५ सय घरहरु डुबानमा परेका छन् ।
स्थानीय समाचार माध्यमहरुका अनुसार अक्टोबर महिनाभरी पर्ने बराबरको पानी गत २४ घण्टामै परेको थियो जसका कारण कयौं घरहरु, बाटोहरु डुबानमा परेका छन् भने करिब ३ हजार घर र व्यवसायहरुमा विद्युत आपूर्ती बन्द भएको छ ।
यो त सुरुवात मात्रै हो, यो स्थिती अझै केही दिनसम्म रहनेछ, तास्मानियाका प्रिमियर डेनियल एन्ड्रुजले बताएका छन् ।
अस्ट्रेलियाको मौसम विज्ञान व्यूरोले यो बर्षा आगामी हप्तासम्म जारी रहने भन्दै स्थानीयहरुलाई सुरक्षित रहन आग्रह गरेको छ ।
यही बर्ष अस्ट्रेलियाका विभिन्न शहरहरुमा आएको बाढीका कारण करिब २० जना मानिसहरुको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको