ल्ञ्चेस्टनमा प्रवासी नेपाली मञ्चको मानसिक स्वास्थ्य सम्बन्धि फस्ट एडको तालिम

ल्ञ्चेस्टनमा प्रवासी नेपाली मञ्चको मानसिक स्वास्थ्य सम्बन्धि फस्ट एडको तालिम
नेपालआईज
२८ असोज २०७९ ४:५०

तास्मानिया । प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको राज्य कमिटी तास्मानियाले नेपाली समुदायका युवाहरुलाई लक्षित गरी निशुल्क मेन्टल हेल्थ फस्ट एडको तालिम प्रदान गर्ने भएको छ ।
मञ्चको बार्षिक कार्यक्रमअन्तर्गत नोभेम्बर १८ र १९ तारिखका दिन तास्मानियाको लञ्चेस्टनमा हुने तालिम नेपाली समुदायमा मानसिक स्वास्थ्य सम्बन्धि सचेतना फैलाउने प्रवासी नेपाली मञ्च तास्मानिया कमिटिीका अध्यक्ष मुगेन गौतमले नेपालआइजलाई बताए ।
नेपाली समुदायका युवाहरुमा बढ्दो मानसिक समस्यालाई ध्यानमा राखि तालिम प्राप्त फस्ट एडरहरुद्धारा तालिम प्रदान गरिने गौतमले बताए ।
त्यस्तै, मञ्चले हिन्दुहरुको महान चाड दिपावलीको अवसरमा यही अक्टोबर २२ तारिखका दिन देउसी भैलो एवम् शुभकामना आदान प्रदानको कार्यक्रमको पनि आयोजना गरेको छ ।
तस्मानियाको चारवटा मुख्य शहरहरुबाट प्रतिनिधित्व गर्ने गरी लञ्चेस्टनमै आयोजना गरिने उक्त देउसी भैलो कार्यक्रमबाट संकलित रकम मञ्चले आयोजना गर्ने अन्य सामाजिक कार्यहरुमा खर्च गरिने मञ्चले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको