लञ्चेस्टनको भाषालयमा द्यौसी भैलो

लञ्चेस्टनको भाषालयमा द्यौसी भैलो
नेपालआईज
५ कार्तिक २०७९ ३:११

तास्मानिया । हिन्दुहरुको चाड तिहारको उपलक्ष्यमा अस्ट्रेलियाको तास्मानिया राज्यस्थित लञ्चेस्टनमा रहेको भाषालयमा द्यौसी भैलो खेलिएको छ ।
नेपाली सोसाइटी अफ नर्दन तास्मानियाद्वारा सञ्चालित भाषालयमा शनिबार विहान आयोजना गरिएको द्यौसी भैलोमा मौलिक भेषभूषामा सजिएका नेपाली बालबालिकाहरु द्यौसी रे भन्दै कुदिरहेका थिए ।
स्थानीय गायक हृदय दाहालको भट्याइमा मित्र गुरुङ्गले मादलमा ताल दिँदा र राजाराम लामिछानेले काठे भाकामा गीत गाउँदा उपस्थित सबैजना ताली बजाएर तिहारको शुभकामना साटासाट गरेका थिए ।
यहाँ हुर्कदै गरेको नेपालीहरुको पुस्तालाई तिहार पर्वको महत्व र तिहारमा खेलिने द्यौसी भैलोको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सोसाइटीका अध्यक्ष सन्देश श्रेष्ठले बताए ।
उक्त कार्यक्रममा नेपाली भेषभूषामा सजिएका बालिकाहरु ल्गायत युवतीहरुले नृत्य गरेका थिए । उक्त कार्यक्रममा नेपालबाट आउनुभएका अभिभावकहरु लगायत सबैको राम्रो उपस्थिती रहेको थियो ।

द्यौसी भैलो सुरु हुनुभन्दा पहिला सोसाइटीका भूतपूर्व अध्यक्ष ओमकुमार मगरले नेपाली बालबालिकाहरुलाई तिहारको महत्व र मनाइने कारणबारे जानकारी गराएका थिए ।
द्यौसी भैलो खेल्दा दक्षिणा स्वरुप ९ सय ३१ अस्ट्रेलियन डलर उठेको र उक्त रकम भाषालयमा पढ्ने बालबालिकाहरुको पठनपाठनमा खर्च हुने अध्यक्ष श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको