तास्मानिया । जुभेनाइल इन्टरटेनमेन्टको आयोजनमा नेपाली आधुनिक संगीतका चर्चित गायक सबिन राईसहितको व्याण्डले तास्मानियाको होबार्टमा विशेष प्रस्तुती दिने भएको छ ।
जुभेनाइल इन्टरटेनमेन्टका इभेन्ट म्यानेजर उमेश पाण्डेका अनुसार नोभेम्बर १८ शुक्रबारका दिन होबार्टस्थित युनिबारमा सबिन राइको फेरोह व्याण्डले लाइभ प्रस्तुती दिनेछ ।
लोकप्रिय कलाकारहरुको सांगितिक प्रस्तुती मार्फत अस्ट्रेलियामा रहेका नेपालीहरुलाई मनोरञ्जन दिने उद्देश्यले सबिन राईको फेरोह ब्याण्ड ल्याउन लागेको पाण्डेले बताए ।
उक्त कन्सर्टको लागि बिभिन्न मुल्यमा टिकटहरु राखिएको र टिकटहरु धमाधम बिक्री भइरहेको आयोजकले जनाएको छ ।
‘गुराँसको फेद मुनी,’ ‘तिमी नै हौ,’ ‘सुन्दरताको तिमी उदाहरण हौ’ लगायत दर्जनौ लोकप्रिय गीत गाएका सबिन राई नेपाली युवाहरुमाझ चर्चित गायक हुन् ।