नेपालसँग मिल्दो झुल्दो प्राकृतिक विविधता भएको अस्ट्रेलियाको तास्मानिया राज्यमा आगामी आइतबार नेपाल महोत्सव हुँदै छ । स्थानीय समुदायको बिचमा नेपाली पहिचान देखाउनका लागि गरिने यो महोत्सवले नेपालीहरूको अस्ट्रेलियाभरका नेपालीलाई एकतामा मात्र बाधेको छैन की अस्ट्रेलियामा रहेका नेपालीहरूको आफ्नो भातृभूमीको अनुभूति गर्न पाउने छन् । नेपाल फेस्टिभल तास्मानियाको सन्दर्भमा नेपाल आइजले एनआरएनए तास्मानियाका संयोजक राकेश शाक्यसँग गरेको संम्वाद:-
यस पटकको नेपाल महोत्सवको आकर्षण के हो ?
नेपाल महोत्सवको मुख्य लक्ष्य भनेको हाम्रो संस्कृति, हाम्रो भेसभुसा, हाम्रो रहनसहन, हाम्रो लुगालाई लक्षित गरिएको हो । हाम्रो पूर्वदेखि पश्चिमसम्म जति पनि विविधता छ भेसभुसा देखि लिएर ती सबैलाई हामी यस फेस्टिभलमा देखाउन खोजेका छौँ । सबै तयारी पुरा भएको छ । म सबैलाई सहभागी हुन अनुरोध गर्दछु ।
महोत्सवलाई सहयोग कहाँ कहाँबाट भइरहेको छ?
मोरल्ली समर्थन सबै ठाउँबाट छ । एउटा समय पनि नमिलेर होला । हरेक कार्यक्रममा यहाँको स्टेटले अनुदान दिने गरेको छ तर त्यो अनुदानमा हामी पर्न सकेनौ । हाम्रो समय नमिलेर होला । अनुदानको लागि एप्लाई गर्दा ती अनुदान जनवरीदेखि मात्र रिलिज हुने भएकोले त्यो अनुदानहरू केही पाएनौ तर आर्थिक समर्थन नभए पनि मोरल समर्थन पूरा छ । यो कार्यक्रमलाई यहाँका जति पनि बिजनेस संस्थाहरू छन् उहाँहरूको पूर्ण समर्थन छ । उहाँहरूको समर्थन विना त यो कार्यक्रम आयोजना गर्न सम्भवै छैन ।
विगतको भन्दा यो नेपाल फेस्टिभल के कुरामा फरक छ?
यो तास्मानियामा पहिलो फेस्टिभल हो । अरू स्टेटमा यो भन्दा अगाडि देखि भइराखेको थियो । तर हाम्रो यहाँ पहिलो नेपाल फेस्टिभल भएकोले हामीले मौलिकपना दिन खोजिरहेका छौँ । हाम्रो संस्कृति, हामी नेपाली को हौँ, कसरी चिनाउन सकिन्छ, के छ त हाम्रो पहिचान, हामीले त्यस कुरामा फोकस गरेका छौँ । नेपाली खानामा फोकस गरेका छौँ । अर्को साल केही फरक गर्न सकिन्छ तर यो पटक पहिलो भएकोले साधारण र मौलिक गर्न खोजेका छौँ ।
उच्च स्थानीय सरकारका प्रतिनिधिको उपस्थितिको बारेमा केही बताइदिनुहुन्छ कि ।
यसमा नेपाली महामहिम राजदूत श्री कैलाश राज पोखरेलज्यू आउँदै हुनुहुन्छ भने स्थानीयबाट सम्माननीय मन्त्री एलीस आर्चर, नेक्स ब्रीट, एमपी एलाहारा आउँदै हुनुहुन्छ ।