अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एशोसिएसन (एन्जा)मा नयाँ नेतृत्व

अस्ट्रेलियन नेप्लिज  जर्नालिस्ट एशोसिएसन (एन्जा)मा नयाँ नेतृत्व
नेपालआईज
१९ कार्तिक २०७९ १४:३७

 

होबार्ट । अष्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरुको संगठन ‘ अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एशोसिएसन’ (एन्जा)को अध्यक्षमा चिरञ्जीवी देवकोटा चयन भएका छन् ।  देवकोटाको नेतृत्वमा १२ सदस्यीय समिति चयन भएको हो । सदस्यका दुई पद भने रिक्त रहेका छन् । 

यस्तै,उपाध्यक्षमा कृष्ण तिवारी, प्रकाश हुमागाईं, छत्र शंकर, महासचिवमा नारायण खड्का, सचिवमा सरल गुरुङ, कोषाध्यक्षमा खगेन्द्र सत्याल, सदस्यमा प्रतीक सिग्देल, पब्लिक अफिसरमा गणेश भट्ट र प्रवक्तामा तक्दीर अधिकारी रहेका छन् ।

उपाध्यक्ष शंकर अस्ट्रेलियाबाट सञ्चालित नेपाली र अङ्ग्रेजी भाषाको अनलाइन नेपाल आइजका सिइओ हुन् । उनीसङ नेपालमा विगत १५ वर्षदेखि टेलिभिजन तथा प्रिन्ट मिडियामा काम गरेको अनुभव छ भने सन् २०१० को अस्ट्रेलियन सरकारको नेतृत्व विकास सम्बन्धी पुरस्कार समेत पाएका थिए । उनले आमसञ्चार तथा पत्रकारिता र राजनीति शास्त्रमा एमए गरेका छन् । साथै सिग्देल सिग्देल नेपाल आइजका सम्पादक हुन् । सम्पादक हुन् ।

हाल अष्ट्रेलियामा दुई दर्जन बढि नेपाली पत्रकार छापा,टेलिभिजन, अनलाइन लगायतबाट पत्रकारितामा सक्रिय रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको