एन्जाको तीन बुँदे होबार्ट घोषणा पत्रको सन्देश,पत्रकारहरुको सशक्तीकरण र समुदायसँग सहकार्य

एन्जाको तीन बुँदे होबार्ट घोषणा पत्रको सन्देश,पत्रकारहरुको सशक्तीकरण र समुदायसँग सहकार्य
नेपालआईज
२३ कार्तिक २०७९ ११:०८

होबार्ट । अस्ट्रेलियामा सक्रिय पत्रकारहरुको संस्था अस्ट्रेलियन नेप्लिज जर्नालिष्ट एसोसिएसन एन्जाको दोस्रो महाधिवेशन गत शनिबार होबार्टमा तीन बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।  

समुदायका अगुवा तथा स्थानीय सरकारका प्रतिनिधि सहितको भेलामा जारी घोषणा पत्रमा भनिएको छ, ‘ पत्रकारिता समाजको अभिन्न अंग हो । व्यवसायिक पत्रकारिताले समाज निमार्णमा महत्वपूर्ण भूमिका खेल्दछ । अष्ट्रेलियामा नेपाली भाषाको पत्रकारितालाई थप व्यवसायिक, निष्पक्ष र तथ्यपरक बनाउनका लागि हामी अष्ट्रेलियन प्रेस काउन्सिलले निर्धारण गरेको आचारसंहिता र यहाँको कानूनी सिमाहरुलाई अक्षरस पालना गर्न कटिबद्ध छौं । पत्रकारिता समाजभन्दा बाहिर रहन सक्दैन भन्ने तथ्यलाई आत्मसाथ गर्दै असल, सूसुचित र एकताबद्ध समाज निर्माणमा योगदान दिन हामी व्यवसायिक पत्रकारितालाई जोड दिनेछौं ‘

 साथै   विदेशमा पनि नेपालीहरुका विभिन्न संघसंस्थाहरु सक्रिय छन् र त्यस्ता संगठनहरुको स्वतन्त्रता प्रति उत्तिकै सम्मान छ । पत्रकारितालाई व्यवसायिक बनाउने पाटोबाट हेर्दा, हामीले तयार पार्ने समाचारिय सामाग्रीहरु कुनै पनि राजनैतिक दल, क्षेत्र, वर्ग, जाती, धर्म, वर्ण र लिंगबाट निर्दिष्ट नभई, सिंगो नेपाल र नेपालीपनलाई उकास्नका लागि केन्द्रित रहनेछ । उल्लेखित विशेषताका आधारमा हामी हाम्रो पत्रकारितालाई प्रभावमुक्त राख्ने समेत प्रतिवद्धता गर्न चाहान्छौ  र  पत्रकारिता भनेको नियमित घटनाक्रमको जिम्मेववार अभिव्यक्ति हो । समाज विकासको तिब्रतासंगै पत्रकारितामा समेत प्राविधिक र दक्षताको खाचो टड्कारो बन्ने गरेको छ । समयको रफ्तारसंगै प्राविधिक र बद्लिदो समाजको भावना अनुसार दक्षता वृद्धी गर्न नसके, पत्रकारिताले समाजका आवश्यकताहरु पुरा गर्न सक्दैन । त्यसैले अष्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरुलाई समयअनुकुल दक्षता वृद्धी गर्न राज्यदेखि केन्द्रसम्मै विभिन्न प्रशिक्षण र कार्यशालाहरु गरिने समेत प्रतिबद्धता गर्न चाहान्छौं । जसका लागि राज्यदेखि संघीय तहसम्म रहेका सरकारी र गैरसरकारी संघसंस्थासंग सहकार्य गरि आवश्यक प्रशिक्षणहरुको व्यवस्था गर्नेछौं । समाजको अपेक्षा पुरा गर्न समेत हामी सामाजिक व्यक्ति र संघसंस्थासंग समेत छलफल र अन्तरक्रिया गर्नेछौं ।’ 

 साथै एन्जाले आप्नो होबार्ट घोषणा पत्रमा थप जोड दिदै भनेको छ, ‘अन्तमा समाजबिना पत्रकारिता संभव छैन । समाजको क्रिया र प्रतिक्रिया बिना पत्रकारिता न्याश्रो हुन्छ । पत्रकारितालाई व्यवसायिक बनाउनका लागि नेपाली समाजमा भएका व्यवसायहरुको विज्ञापन समेत आवश्यक छ । विज्ञापनले नै मिडिया हाउसलाई आर्थिक आम्दानीको बाटो खोलिदिन्छ । जसले व्यवसायिक पत्रकारिता गर्न संचारकर्मीलाई बाटो प्रसस्त गरिदिन्छ ।

यही घोषणा मार्फत हामी अष्ट्रेलियाको सिंगो नेपाली समाजलाई पत्रकारितामार्फत समाजलाई एकताको सुत्रमा बाध्ने यात्रामा सहकार्य गर्न अपिल समेत गर्दछौं । ‘

 दोस्रो महाधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति 

अध्यक्ष -चिरञ्जीवी राज देवकोटा

उपाध्यक्षहरु कृष्ण तिवारी, प्रकाश हुमागाई, छत्र शंकर

महासचिव -नारायण खड्का

कोषाध्यक्ष -खगेन्द्र सत्याल

सचिव -सरल गुरुङ

पब्लिक – अफिसर गणेश भट्ट

प्रवक्ता – तक्दीर अधिकारी

सदस्य – प्रतीक सिग्देल

बाँकी तीन सदस्य एन्जाको पहिलो बैठकले मनोनित गर्नेेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको