लञ्चेस्टनमा मानसिक स्वास्थ्य सम्बन्धि दुई दिने तालिम सम्पन्न

लञ्चेस्टनमा मानसिक स्वास्थ्य सम्बन्धि दुई दिने तालिम सम्पन्न
नेपालआईज
३ मंसिर २०७९ २३:३३


तास्मानिया । तास्मानियाको लञ्चेस्टनमा मानसिक स्वास्थ्य सम्बन्धि दुई दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।
प्रवासी नेपाली मञ्च तास्मानिया सहित अस्ट्रेलिया नेपाल पब्लिक लिङ्क, फउन्डेसन अफ प्राइडको आयोजनामा र सक्सेस एजुकेशन एण्ड सर्भिसेज, पेनी रोयल कलेजको सहयोगमा १८ र १९ नोभेम्बरमा दुईदिने मानसिक स्वास्थ्य सम्बन्धि तालिम सम्पन्न भएको हो ।
तास्मानियाको लञ्चेस्टनमा नेपाली समुदायबीच भएको उक्त तालिमले नेपाली समुदायमा मानसिक स्वास्थ्य सम्बन्धी धारणा फराकिलो बनाउन सफल भएको प्रवासी नेपाली मञ्चका मुगेन गौतमले बताए ।
मानसिक स्वास्थ्य सम्बन्धि मान्यताप्राप्त प्रशिक्षकद्धय भरत नेपाल र प्रतिष्ठा गौतमको प्रशिक्षणमा मानसिक स्वास्थ्य सम्बन्धि धेरै कुराहरु सिक्ने र जान्ने अवसर पाएको उक्त तालिमका सहभागीहरुले बताए ।
उक्त प्रशिक्षणमा लञ्चेस्टनको नेपाली समुदायबाट करिब २० जना सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको