सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री दाहाल

सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री दाहाल
नेपालआईज
१३ पुष २०७९ १६:५६

नेपाल/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार सरेका छन् । सोमबार प्रधानमन्त्रीको शपथ लिएका प्रचण्ड बुधबार साँझ बालुवाटार सरेका हुन् ।

स्रोतका अनुसार उनी ज्योतिषीले दिएको साइतअनुसार ललितपुरको खुमलटारस्थित निजी निवासबाट प्रधानमन्त्री निवास बालुवाटार सरेका हुन् ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर