अस्ट्रेलियामा प्रहरीद्वारा अन्तर्राष्ट्रिय नक्कली ड्राइभिङ लाईसेन्सको निगरानी , ग्रिफिथ हाइवेमा ३ जना पक्राउ

अस्ट्रेलियामा प्रहरीद्वारा अन्तर्राष्ट्रिय नक्कली ड्राइभिङ लाईसेन्सको  निगरानी , ग्रिफिथ हाइवेमा ३ जना पक्राउ
नेपालआईज
१५ पुष २०७९ २१:५९


सिड्नी। अस्ट्रेलियाको ग्रिफिथ राजमार्गमा गस्तीका क्रममा २४ घण्टाभित्रै ३ वटा नक्कली अन्तर्राष्ट्रिय सवारी लाइसेन्स फेला परेको प्रहरीले जनाएको छ ।
२०२२ सेप्टेम्बर १७ तारिख राति २.३० बजे ग्रिफिथ राजमार्गमा गस्ती गरिरहेको टोलीले रानकिन्स स्प्रिङ्सनजिकै मिड वेस्टर्न हाइवेमा भिक्टोरियामा दर्ता भएको २००९ को सेतो होल्डेन क्रुजलाई रोक्यो । लाइसेन्ससहितको चेकचाँजका लागि ४२ वर्षीय चालक मलेसियन नागरिकसँग लाइसेन्स र पासपोर्ट मागियो ।
तर रोड ट्रान्सपोर्ट डिपार्टमेन्ट मलेसियाको वेबसाइटमा हेर्दा उनले केवल मोटरसाइकलको लाइसेन्स लिएका थिए र त्यसको सन् २००५ मै म्याद सकिएको थियो । थप अनुसन्धान गर्दा उनले अस्ट्रेलियामा कुनै पनि लाइसेन्स लिएका थिएनन् । उनीमाथि नक्कली कागजात प्रयोग गरेको प्रमाणित भएको छ ।
त्यसैगरी, सेप्टेम्बर १८ मा करिब १२.०३ मा ग्रिफिथ राजमार्गको अर्डलेथानमा गस्तीका क्रममा अधिकारीहरूले भिक्टोरियामा दर्ता भएको २००३ को नीलो निसान एक्स ट्रेल, तथा २००१ को टोयोटा टोयोटारिङ्गोलाई रोकियो ।
निसान गाडीका ३४ वर्षीय मलेसियन चालकसँग लाइसेन्स माग गरियो । उनले मलेसियन लाइसेन्स देखाए । जब उनीसँग कुन राज्यबाट लाइसेन्स लिइएको सोधियो, उनले यो लाइसेन्स आफ्ना चालकको भएको बताए ।
यता टोयोटाका २२ वर्षीय चालक तथा मलेसियन नागरिकसँग पनि लाइसेन्स माग गरियो । उनले पनि मलेसियन लाइसेन्स देखाए । थप अनुसन्धान गर्दा उनले आफ्ना साथीले यो लाइसेन्स बनाइदिएको बताए । थप छानविनका क्रममा दुबै जनाले कहिले पनि मलेसियाको लाइसेन्स नबनाएको पत्ता लाग्यो ।
उनीहरु ब्रिजिङ भिसामा केही वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको