नेपाल । कास्कीको पोखरामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ । आइतबार बिहान पोखरामा यति एयरलाइन्स दुर्घटनाग्रस्त विमानबाट ३० जना शव निकाली सकेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेबहादुर केसीले जानकारी दिएका हुन् ।
कोही जिवित भेटिने सम्भावना नरहेको उनले बताए । उद्धार कार्य अझै जारी रहेकोसमेत उनले बताएका छन् । जहाजमा ४ जना चालक दलका सदस्य र ६८ यात्रु सवार थिए । पोखरा महानगरपालिका–१५ नयाँ गाउँमा एएनसी एटीआर ७२ कलसाइन भएको विमान दुर्घटना भएको हो ।
यसैबीच, विमान दुर्घटनासँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थलतर्फ प्रस्थान गरेका छन् ।