अस्ट्रेलिया । स्पेनिस स्टार राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएका छन् । नाडाल अमेरिकी खेलाडी म्याकेन्जिया म्याकडोनाल्डसँग पराजित हुँदै दोस्रो चरणबाट बाहिरिएका हुन् ।
३६ वर्षीय नाडाल हीपमा भएको समस्याका कारण कोर्टमा संघर्ष गर्नु परेको थियो । साविक च्याम्पियनसमेत रहेका उनी ६–४, ६–३ र ७–५ को सेटमा पराजित भए ।
नाडाललाई पराजित गर्ने म्याकडोनाल्ड तेस्रो चरणमा प्रवेश गरेका छन् ।