सिम डुप्लिकेशन गरी ठगी गर्ने एक जना पक्राउ

सिम डुप्लिकेशन गरी ठगी गर्ने एक जना पक्राउ
नेपालआईज
४ माघ २०७९ १०:०५

नेपाल । सिम ‘डुप्किकेसन’ गरी ठगी गर्ने गरेको आरोपमा प्रहरीले एक जना समातेको छ । प्रहरीले कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ घर भई काठमाडौँको गोंगबु बस्दै आएका २६ वर्षीय पूर्ण योगी भनिने पूर्णनाथ योगीलाई पक्राउ गरेको हो ।

अभियुक्त योगीले सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, ईमोजस्ता एपको दुरुपयोग गरी आकर्षक तलब सुविधामा फ्रान्स, स्वीट्जरल्यान्डजस्ता देशहरूमा रोजगारीको अवसर रहेको भन्दै सर्वसाधारणलाई ठगेको आरोप छ । उनले विज्ञापन राखी ‘भिसा प्रोसेसिङ’का लागि सम्पर्कमा आएका व्यक्तिको सक्कल कागजात मागेका थिए ।

बैंक खातामा रकम जम्मा गर्न लगाउनुका साथै पीडितहरूले पेस गरेको नागरिकता तथा राहदानीसमेतका प्रतिलिपिहरू मोबाइल सेवा प्रदायक कम्पनीहरूमा पेस गरी सिम निकाली डुप्लिकेसन गरेको पाइएको छ ।

पीडितहरूको मोबाइल बैंकिङमा खोलेर पीडितहरूको खातामा रहेको रकम अन्यत्र ट्रान्सफर गरी ठगी गर्ने गरेको आरोप छ । योगीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय खटिएको प्रहरीले पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर