नेपाल । लोकरक ब्याण्ड नेपथ्यले अस्ट्रेलियाका विभिन्न शहरमा सांगीतिक कन्सर्ट गर्ने भएको छ । म्युजिक फर ह्युम्यानिटी अस्ट्रेलियाटुर २०२३ नाम दिइएको यो सांगीतिक यात्रा जनवरी २५ तारिखबाट सुरु हुँदैछ । डार्बिनस्थित इन्टरटेनमेन्ट सेन्टरबाट सुरु हुने कन्सर्टअस्ट्रेलियाका अन्य ठाउँहरूमा पनि आयोजना गरिनेछ ।
जनवरी २८ तारिखमा एडिलेडस्थित हिण्डले म्यूजिक हलमा र जनवरी ३१ माब्रिसबेनको फोर्टिच्यूड म्यूजिक हलमा हुने कन्सर्ट फेब्रुअरी ३ मा राजधानी क्यानबेरास्थित म्येनिंग क्लार्क हलमा यो ब्याण्डले प्रस्तुतिदिनेछ । यसअघि पाँचपटक अष्ट्रेलियाको भ्रमण गरिसकेको ब्याण्डका लागि राजधानी क्यानबेरामा भने यो पहिलो अनुभव हुनेछ ।
पाँचौकन्सर्ट ५ तारिखमा पर्थको मेट्रो सिटी हलमा, फेब्रुअरी १० मा सिड्नीको होडर्न पभिलियनमा, फेब्रुअरी १३ मा मेलबर्नस्थित फोरम मेलबर्नहलमा र अन्तिममा नेपथ्य तास्मानिया पुग्नेछ । आठौँ कन्सर्ट तास्मानियाको होबार्टस्थित ओडियन थिएटरमा फेब्रुअरी १७ तारिखमा हुनेछ। यसअघि सन् २०१९ को डिसेम्बरमा नेपथ्यले आफ्नो श्रृंखलावद्ध प्रस्तुतिसहित अष्ट्रेलियाको ६ सहरको सांगीतिक यात्रा गरेको थियो ।
यसपटकको यात्रामा भने नेपथ्यले ८ सहरमा आफूलाई प्रस्तुत गर्दैछ । नेपथ्यले हालै मात्र एक महिना लामो देशव्यापी यात्रासफलतापूर्वक सम्पन्न गरेको थियो । त्यतिबेला मुलुकभर सडक आश्रितहरूको क्षेत्रमा सेवारत मानवसेवा आश्रमसँगको सहकार्यसहितसातै प्रदेशका दस शहरमा कार्यक्रम गरिएको थियो ।
सोही यात्राको प्रतिक्रियाबाट प्रेरित भएर सन् २०२३ भरि ‘मानवताका लागि संगीत’ को नारासहित मानवता प्रबर्द्धन अभियानको श्रृंखलाको रूपमा प्रस्तुत गर्ने नेपथ्यका अगुवा अमृत गुरुङ बताए । नेपथ्यको अस्ट्रेलियायात्राका लागि ६ संगीतकर्मीसहित प्राविधिक एवं व्यवस्थापन गरेर १३ सदस्यीय टोली आउँदो २० तारिखमा त्यसतर्फ प्रस्थान गर्दैछ ।