अस्ट्रेलियन ओपनः क्वार्टरफाइनलमा जोकोभिच र रुबलेभ भिड्‍ने

अस्ट्रेलियन ओपनः क्वार्टरफाइनलमा जोकोभिच र रुबलेभ भिड्‍ने
नेपालआईज
९ माघ २०७९ १७:४९

अस्ट्रेलिया । ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा नोभाक जोकोभिच र एन्ड्रे रुबलेभबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार भएको चौथो चरणको खेलमा अस्ट्रेलियाका एलेक्स डे मिनाउरलाई ३–० को सोझो सेटमा पराजित गर्दै जोकोभिचले अन्तिम आठको खेलमा रुबलेभसँगको भेट पक्का गरेका हुन् ।

जोकोभिचले वरियताको पाँचौ स्थानका रुबलेभविरुद्ध खेल्न लागेका छन् । मेलबर्नस्थित रोड लभेर एरिनामा भएको खेलमा चौथो स्थानका जोकोभिचले २२ औँ स्थानका मिनाउरविरुद्ध ६–२, ६–१, ६–२ को स्कोरमा जित निकाल्न सफल भए ।

जोकोभिचले हालसम्म नौ पटक प्रतियोगिताको उपाधि जितेका छन् । यसअघि भएको चौथो चरणको खेलमा रुसका रुबलेभले डेनमार्कका हल्गर रुनलाई ३–२ को सेटमा जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको