अस्ट्रेलियाका एक दम्पतीले घर किन्न राखेको एक लाख डलर स्क्यामरहरूले लगेपछि…

अस्ट्रेलियाका एक दम्पतीले घर किन्न राखेको एक लाख डलर स्क्यामरहरूले लगेपछि…
नेपालआईज
१० माघ २०७९ ३:२९

अस्ट्रेलिया । अस्ट्रेलियाको मेलबोर्न निवासी एक दम्पतीले जीवनभरको बचत बैंकिङ ठगीमा गुमाएको छ । ठगहरूले आफूलाई वेस्टप्याक कर्मचारी भएको भन्दै जेम्स ग्रीन र साराह गेरेन्डरसीको १ लाख डलर ठगी गरेका हुन् ।

खासमा उबरबाट कथित रूपमा आएको फिसिङ टेक्स्ट सन्देशअनुसार ग्रीनलाई लिङ्कमा क्लिक गर्न र आफ्‍नो क्रेडिट कार्ड विवरणहरू अद्यावधिक गर्न भनिएको थियो । उनले सोहीअनुसार गरे ।

९० मिनेटपछि स्क्यामरहरूले खाताबाट ५५०० डलर ट्रान्सफर गर्न खोजिरहेको भन्दै उनले एउटा टेक्स्ट म्यासेज पाए । तर, त्यो वेस्टप्याकबाट भने भएको थिएन । ठगहरूले उनलाई नयाँ बैंक खाता खोल्न र ठगीबाट सुरक्षित रहन आफ्‍नो पैसा त्यहाँ सार्न सल्लाह दिए ।

ग्रीनले आफ्‍नो दैनिक ट्रान्जेक्सनको सीमा बढाएर तीन वटा कारोबारमा बचत स्थानान्तरण गर्‍यो । चार दिनपछि उनले १ लाख डलर गुमाइसकेका थिए । ग्रीन आफ्‍नो पैसा फिर्ता पाउन संघर्ष गरिरहेका छन् । तर, बैंकले जिम्मेवारी स्वीकार गरिरहेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको