अस्ट्रेलिया । जनवरी २६ मा अस्ट्रेलियामा ‘अस्ट्रेलिया डे’ मनाइँदैछ । अस्ट्रेलिया डेमा देशका राज्यमा विभिन्न कार्यमहरूको आयोजना गरिँदैछ ।
सिड्नी
सिड्नी ओपेरा हाउसमा कामिलारोई महिला रोन्डा स्याम्पसनको कलाकृति प्रदर्शनसँगै आदिवासी समुदायको सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । डार्लिङ हार्बरमा पनि दिनभरि नै विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना हुनेछ । भिक्टोरिया पार्कमा यावुन फेस्टिभलको आयोजना गरिने भएको छ । सिड्नीका अन्य स्थानमा पनि विभिन्न कार्यक्रम हुने तालिका रहेको छ ।
क्यानबेरा
क्यानबेराको लेक बर्ली ग्रिफिनमा लाइट र लेजर शो हुनेछ । जनवरी २५ देखि २८ सम्म लाइट्स अन द लेक कार्यक्रमको एक भागको रूपमा दुई विशाल पानी स्क्रिनहरूमा देखाइने छ । विभिन्न सांस्कृतिक कार्यक्रम पनि हुने छन् ।
मेलबर्न
सहरको केन्द्रमा रहेको फेड स्क्वायर बिहान १० बजेदेखि खुल्ने र त्यहाँ सांस्कृतिक कार्यक्रमसँगै विज्ञानसँग सम्बन्धित कलाहरू देखाइने छ । साथै ठूलो स्क्रिनमा अस्ट्रेलियन ओपन टेनिसको लाइभ देखाइने छ । रोयल अस्ट्रेलियन एयर फोर्सको एरोबेटिक डिस्प्ले टिम, द रूलेट्सले फेड स्क्वायर र सरकारी निवासमाथि उडान गर्नेछ ।
ब्रिसबेन
साउथ ब्यांकमा लाइभ म्यूजिकदेखि लिएर खानाका स्टल तथा आतिशवाजीको कार्यक्रम रहेको छ । काबुल्चर ऐतिहासिक गाँउमा विभिन्न पुराना मेसिनरी सामाग्रीहरू प्रदर्शन गरिनेछ। शहरको केन्द्रको नजिक, हर्स्टनको भिक्टोरिया पार्कले जम्पिङ क्यासल, स्याक रेस र टग अफ वार, लाइभ संगीत, खाना स्टलहरू, अनुहार चित्रकारी र अन्य गतिविधिसहित खेलहरू आयोजना हुने छन् ।
एडिलेड
मेलमिलाप एडिलेडको कार्यक्रम तालिकाको प्रमुख विषयवस्तु हो र यसका लागि एल्डर पार्क/तरन्तान्या वामा केन्द्र बिन्दुको रूपमा काम गर्दैछ । झण्डा फहराउने तथा अस्ट्रेलिया डे सिटिजन अफ द इयर अवार्ड प्रजेन्टेसन पनि हुनेछ ।
पर्थ
काउन्सिलले समुदायको भावना र खर्चलाई उद्धृत गर्दै यस वर्ष करिब चार दशकपछि
पहिलो पटक पर्थमा स्काईवर्क्स प्रदर्शन नगर्ने निर्णय गरेको छ । त्यसको स्थानमा अन्य कार्यक्रमहरू गरिने भएको छ । सुप्रिम कोर्ट गार्डेनमा बिराक कन्सर्टले आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर संस्कृतिकसहित रेड ओचर ब्यान्ड, पाइपलाइन र फिल वालीस्ट्याकको मनोरञ्जनात्मक कार्यकम आयोझना गर्नेछ ।
होबार्ट
होबार्टको सालामान्का प्रेसिङ्क्टमा लाइभ म्यूजिक र खानाको स्टलसँगै बेलेरिभ ओभलमा हुने अस्ट्रेलिया र पाकिस्तानबीचको महिला अन्तर्राष्ट्रिय क्रिकेट खेल ५ डलरमा हेर्न पाइनेछ । सान्डी वेमा नागरिक कार्यक्रम आयोजना गरिनेछ ।
डार्विन
डार्विनमा लाराकिया मानिसहरूद्वारा संचालित डार्विन वाटरफ्रन्टमा बिहानैदेखि कार्यक्रम सुरु हुनेछन् । समारोहले उत्तरी क्षेत्रका फस्ट नेसन्सका मानिसहरूलाई सम्मान गर्नेछ तथा लाराकिया र रिराटजिङ्गु नर्तकहरूद्वारा कथा वाचन र प्रदर्शनहरू गरिनेछ । एक लडाकु जेट फ्लाईओभर र २१-बंदुकको सलामी एस्प्लेनेडको सेनोटाफमा १२ बजे हुनेछ।