रोयल वेस्टर्न क्लबलाई अमेक राेयल कप २०२३ को उपाधि

रोयल वेस्टर्न क्लबलाई अमेक राेयल कप २०२३ को उपाधि
नेपालआईज
१२ माघ २०७९ ७:५६

अस्ट्रेलिया । अमेक राेयल कप २०२३ फुटबल प्रतियोगिताको उपाधि रोयल वेस्टर्न क्लबले जितेको छ । मेलबर्नमा रोयल फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा यती फुटबल क्लबलाई एक गोलले हराउँदै रोयल वेस्टर्नले उपाधि जित्न सफल भएको हो ।

रोयल वेस्टर्नका तर्फबाट हेमन गुरुङले एक गोल गर्न सफल भएका थिए । उक्त गोल नै प्रतियोगिताको निर्णायक बनेको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि रोयल वेस्टर्नका हेमन गुरुङ पाएका छन् ।

अस्ट्रेलियन माइग्रेशन याण्ड एडुकेसन कन्सल्ट्यान्सीको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा मेलबर्नमा रहेका १५ वटा फुटबल क्लबले भाग लिएका थिए ।

विजेता रोयल वेस्टर्न क्लबले नगद $४५०० सहित ट्रफी र मेडल प्राप्त गर्न गरेको छ । त्यस्तै, रोयल वेस्टर्नकै रोहित कार्कीले बेस्ट गोलकिपरको उपाधि हात पार्न सफल भएका छन् ।

रोयल वेस्टर्न क्लबका म्यानेजर दिपेन्द्र खड्काले खुशी व्यक्त गर्दै क्लबका सम्पूर्ण खेलाडीलाई बधाई तथा उच्च खेलको प्रदर्शन गर्दै जित हासिल गर्न सफल भएकोमा सबैलाई धन्यवाद दिए । उनले जितसँगै क्लबलाई हौसला मिल्नुका साथै आगामी प्रतियोगिताहरूका लागि पनि तम्तयार बन्न उर्जा मिलेको बताएका थिए ।

म्यानेजर खड्काले प्रतियोगिताको आयोजना गरेर खेलको विकासका साथै मेलबर्नमा रहेका क्लबहरूबीच भाइचारा बढाउन पहल गरिएकोमा आयोजक टिमका साथै प्रायोजक. स्वयमसेवक, खेलाडीलगायत खेलप्रेमीहरूलाई धन्यवाद दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको