अस्ट्रेलिया । अस्ट्रेलियाको एक विमान कम्पनीले सबैभन्दा सस्तो ४९ डलरमै हवाई सेवा दिने तयारी गरेको छ । विमान कम्पनी बोन्जाले विमान कम मात्र पुगेका क्षेत्रलाई लक्षित गरी सबैभन्दा सस्तो हवाई सेवा दिने योजना ल्याएको हो ।
यससँगै विभिन्न १५ वटा रुटको १२ स्थानका लागि यात्रुहरूले टिकट खरिद गर्न सक्ने छन् । बोन्जाको पहिलो उडान जनवरी ३१ मा सनसाइट कोस्टदेखि ह्विटसन्डे कोस्टसम्मको हुनेछ ।
बोन्जाका चिफ कमर्सियल अफिसर कार्ली पोभेका अनुसार बोन्जाले उडान भर्ने ९३ प्रतिशत क्षेत्रमा कुनै पनि विमान पुग्न सकेका छैनन् । त्यसैगरी, ९६ प्रतिशत स्थानमा कम भाडा लिने विमानले उडान गरेका छैनन् ।
बोन्जाको सबैन्दा सस्तो भनिएको ४९ डलरको उडान सनसाइन कोस्टबाट रोखाम्पटन, पोर्ट म्याक्वारी र कोफ्स हार्बर रहेका छन् । सबैभन्दा महँगो ७९ डलरको उडान भने मिलडुरा र अभालोनाको हुनेछ ।
२०२३ को अक्टोबरसम्म टिकट बुक गर्न सकिने जनाइएको छ ।