Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
न्युजियन्डमा बाढीका कारण आपतकाल, सुरक्षित रहन् अवैतनिक वाणिज्य दुतावास अकल्यान्डको आग्रह
नेपालआईज
१४ माघ २०७९ १२:३४
न्युजिल्यान्ड । अविरल वर्षसंगै आएको वाढीका कारण न्युजिल्यान्ड अकल्यान्डको जनजिवन प्रभावित भएको छ भने केहीको ज्यान समेत गएको छ । अकल्यान्ड एयरपोटको उडान बन्द छ । स्थानीयको घर भित्र समेत पानी पसेकोले दैनिकी कस्टर बन्दै गएको छ। अहिलेसम्म बाढीको प्रभाव नेपाली समुदायमा नपरेपनि त्यहाँ स्थित अवैतनिक वाणिज्य दूतावासले सुरक्षित रहन आग्रह गरेको छ।
त्यस्तै गैर आवासीय नेपाली संघ न्युजिल्यान्डले पनि बाढीको समयमा लामो यात्रा नगर्न तथा जोखिममा परे सम्बन्धित निकायमा सम्पर्क गर्न समुदायमा अपिल गरेको छ।
शुक्रबार परेको २३० मिलिमिटरभन्दा बढीको मुसलधारे वर्षाका कारण न्यूजिल्यान्डको अकल्यान्डले आपतकालिन अवस्था सामना गरिरहेको छ । प्रधानमन्त्री क्रिस हिपकिन्सले अकल्यान्डको विमानस्थलमा अझै एक हजार भन्दा बढी मानिस फसेको तथा अन्य स्थानमा पनि मानिसहरुले आवतजावत गर्न नसकेको बताएका छन् । विमानस्थलले दिउँसोसम्म कुनै पनि आन्तरिक वा अन्तर्राष्ट्रिय उडान नहुने जनाएको छ । सडकहरु बन्द गरिएका छन् भने बाढीका कारण विभिन्न स्थानको जनजीवन कष्टकर बनेको प्रहरीले जनाएको छ । बाढीका कारण कैयौ स्थानमा सवारी साधन अलपत्र परेका छन् । अकल्यान्डमा पर्ने स्टेट हाइवे १ अन्तर्गत वार्कवरथ तथा वाटेमाटाको बीचमा पर्ने कैयौ स्थानको बाटो बन्द गरिएको छ । पुहोइ र वार्कवर्थबीचको बाटो तत्कालका लागि खोलिएको प्रहरीले जनाएको छ ।