Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
रविको नागरिकता विवाद बारे अस्ट्रेलियाका नेपालीहरुको पक्ष र विपक्षमा बहस !
नेपालआईज
१४ माघ २०७९ १३:३४
“
रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले फैसला सुनाएपछि अस्ट्रेलियामा रहेका नेपालीहरुले उनको पक्ष र विपक्षमा सामाजिक सन्जालमा वहस तिव्र बनाएका छन् । हेरौं सामाजिक संजालमा उनीहरुको भनाई जस्ताको त्यस्तै ।
केशव कंडेल
एक पटकको नेपाली सँधैको नेपाली” भन्ने नारा फेरौं । एक पटकको काँग्रेस आजीवन काँग्रेस, एक पटकको एमाले आजीवन एमाले, एक पटकको माओबादी आजीवन माओबादी भन्ने नारा राखौं । आखिर अष्ट्रेलियामा पनि त्यही देखियो अमेरिकामा र युरोपमा पनि ! कोही दुई कौडीको नेता आयो भने कामै छोडेर तीन दिनसम्म त्यसैको पछि पछि हिनौं । गैर- आवासीय नेपालीका पक्षमा उठाउनु पर्ने मुद्दा बिर्सौं । अनि एउटै पदमा तीन – चार जना बसौं । मस्त राजनीति गरौं ।नबोल्नु पर्ने ठाउँमा प्वाक्क बोलौं । आधिकारिक धारणा दिनुपर्ने बेलामा मुखमा टेप टालौं । नमुना हे नारायण !😁🙏
नन्द गुरुङ्
हैट सर्बोच्च अदालत ! setting बाट फैसला ! मान्नु त पर्यो तर सहि निर्णय होइन । NRN अभियानमा बाधा ।
महेन्द्र कुमार लम्साल
संबैधानिक प्राबधान अनुसार कुनै पनि नेपालीले बिदेशी नागरिकता लिएमा उसको नेपाली नागरिकता स्वत खारेज हुन्छ र निजले फेरी नेपाली नागरिकता लिन चाहेमा बिदेशी नागरिकता त्यागेको प्रमाण सहित निबेदन दिनु पर्ने ब्यबस्था छ त ! बिदेसी नागरिकता त्याग्दैमा स्वत नेपाली नागरिक हुने तर्क ब्यबहारिक नै होइन र यसलाई एनआरएनसंग जोडेर हेर्नु भन्दा पनि प्रक्रियामा कहाँ त्रुटी भन्ने बुझ्नु जरुरि छ। सानो गल्ति या हेल्चेक्र्याईले यतिबेला रबि लामिछाने र उनको पार्टीले ठुलो मूल्य चुकाएको छ। आउदा दिनमा उनले नागरिकता दुरुपयोग सम्बन्धि थुप्रै कसुरहरुको सामना गर्न पर्ने अवस्था आयो भने अचम्म नमाने हुन्छ ।
प्रतिज्ञा अधिकारी
हैट भगौडाहरुको रोइलो !! जती बेला देशलाई हामी चाहिएको थियो/छ तेती बेला सुख सयल खोज्दै बिदेश भासिने हामी जस्ता स्वार्थले बसिभुतहरुले अदालतको निर्णय एन आर एन अभियान सँग जोडेर हेर्न कसरी मिल्छ?? “एक पल्टको नेपाली ,सधैंको नेपाली “भन्ने नारा भावनात्मक हो र कानुन भावनाले चल्दैन। प्रकृयागत गल्ती भएकै देखिन्छ । कानुनमा बिदेशी नागरिकता त्यागेमा प्रकृया पुर्याएर नेपाली नागरिकता लिन सकिन्छ लेखेकै छ त। हजुरहरु बसेको देशमा ल त प्रकृया नपुराइ नागरिकता लिएर देखाउनुस् त। नियत राम्रो होला तर कानुन भन्दा माथि त कोही हुन्न नि । फेरी रबी उत्पातै क्षमता वा राजनीतिक भिजन भएर चुनाव जितेका हैनन। जनता हर्के बाट वाक्क भएर बिर्खे ट्रायल गरेका हुन !!
डा . ज्ञानेन्द्र रेग्मी
रबी लामिछाने को मुद्दाको सुनुवाइले बिदेशमा रहेका बिदेशी पास्पोर्ट बोकेका नेपाली मुलका बिदेशीले १) बिदेशी पासपोर्ट बोकेर निस्कृय रहेको नेपाली नागरिकता देखाएर प्लेनको टिकट काटन डराउन थाल्छन । २) निस्कृय रहेको नेपाली नागरिकता देखाएर बेन्कमा खाता खोल्ने, घर जग्गा, शेयर किनबेच गर्न डराउछन । ३) एन आर एन नागरिकता आउन समय लाग्ने भएकोले नेपाल मा लगानी गर्न एन आर एन कार्ड बनाउनेको भिड बढछ किन कि अब बिदेशी पासपोर्ट बोकेपछी रबी लामिछानेलाई जस्तो मुद्दा पर्ने डर हुन्छ । ४) गैर आवशिय क्याटागोरिको नागरिकताको माग बुलन्द उठने र एन आर एन को चार्मिङ बढने छ , अरु केहि छ भने थप्दै जानु होला कमेण्टमा ठोस आधार सहित ।
दिपक शर्मा
रवि लामिछानेको नागरिकताको फैसलाबाट खुशी हुनेहरूको घरमा कहिलै शुख शान्ति नहोस🙏