बिहे सोचेर मात्रै गरौं: एउटी महिलाले तपाईंलाई ‘बेब’ वा ‘लभ’ भन्नु केही होइन !

बिहे सोचेर मात्रै गरौं: एउटी महिलाले तपाईंलाई ‘बेब’ वा ‘लभ’ भन्नु केही होइन !
नेपालआईज
२१ चैत २०८१ ०:०८

मेलवर्न — पछिल्लो समय अष्ट्रेलियामा सम्बन्धविच्छेद (डिभोर्स) का आवेदनहरू उल्लेखनीय रूपमा बढेका छन्। प्रारम्भमा देखिने मायालु व्यवहार र सामाजिक सञ्जालमा देखिने रोमान्टिक झल्कोहरू नै सम्बन्धलाई दीगो बनाउने आधार नहुन सक्ने यथार्थ धेरैको जीवनमा प्रष्ट हुँदै गएको छ।

यस सन्दर्भमा सिड्नी निवासी समाजसेवी तथा युवा प्रेरक सत्यप्रकाश कडेल भन्छन्, “केटीहरू धेरै समस्यामा छन् भन्ने कुरा सुन्छौं, तर केटाहरूले भोगेका पीडा पनि कम छैनन्। सम्बन्ध दुई पक्षको समझदारी र इमानदारीले मात्र दीगो हुन्छ।”

उनको भनाइमा, “बिहे गर्नु अगाडि गहिरो सोचविचार आवश्यक छ। समय लिनुहोस्, बुझ्नुहोस् बिहे के हो र यसको अर्थ के हो। सम्बन्ध उपहार वा शब्दको आदान–प्रदान मात्रै होइन, जीवनका आरोह–अवरोहमा सँगै हिँड्ने संकल्प हो।”

“एउटी महिलाले तपाईंलाई ‘बेब’ वा ‘लभ’ भन्नु केही होइन।
गिफ्ट वा फुल दिनुले सम्बन्धको गहिराइ मापन हुँदैन।
सामाजिक सञ्जालमा फोटो राख्नु वा बिहे गर्नु पनि सम्बन्धको सफलता सुनिश्चित गर्दैन।
साँच्चिकै महत्वपूर्ण कुरा हो—उनी तपाईंलाई सम्मान गर्छिन् कि, तपाईंका भावनालाई मूल्य दिन्छिन् कि, तपाईं सँगै जीवन निर्माण गर्न इच्छुक छन् कि होइन।”

सत्यप्रकाशले सबै युवाहरूलाई आग्रह गरेका छन्, “बिहेलाई भावनाको आवेगमा होइन, सोचविचार, समझदारी र जिम्मेवारीको आधारमा गर्ने हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर