अस्ट्रेलियामा होटल म्यानेजमेन्ट पढिरहेका एकजनाले प्रकाश सपुतलाई भने – “आजदेखी यो डुम मेरो लागी मर्यो।”

अस्ट्रेलियामा होटल म्यानेजमेन्ट पढिरहेका एकजनाले प्रकाश सपुतलाई भने – “आजदेखी यो डुम मेरो लागी मर्यो।”
नेपालआईज
२३ फागुन २०८१ २३:४४

गाली गर्ने विभेद त हाम्रो अशिक्षित बाउ-आमाले गरेको हो, हामीले हैन भन्छन्। तर इन्जिनियर पढ्दै गरेको मान्छेले प्रकाश सपुतलाई “साला कामीले जात जनायो” भनेर कमेन्ट गर्छन्।
अष्ट्रेलियामा होटल म्यानेजमेन्ट पढिरहेका एकजनाले त भिडीयो नै बनाएर भनेका छन्, हिजो सम्म यो कुजातको ठूलो फ्यान थिए तर आजदेखी यो डुम मेरो लागी मर्यो।” ए पाखण्डीहरू हो, यति सारो त तिम्रा अशिक्षित बाउ-आमाले पनि गरेनन् होला। किनकी विभेद कुनै शिक्षा र अशिक्षामा थिएन। विभेद पेशागत मर्यादामा थियो। यो देश बर्बाद बनाएको प्रकाश सपुतहरुले हैन। विभेद तिम्रो नशाको रगत- रगतमा छ। विभेद तिम्रो खोपडीको गिदीभित्र छ। विभेद तिम्रो नश्लीय अंहकार भित्र छ।

प्रकाश सपुतले एमालेको पार्टी कार्यालय च्यासलमा गएर भाषण गरेको होइनन्। पुस्तक विमोचन कार्यक्रममा निम्तो पाएपछि एउटा सर्जकको हैसियतले गएको होला । मलाई बोलाएको भए पनि जान्थे। हो, सपुतले बोलेको कति कुरा मलाई पनि मन परेको छैन। तर मलाई थाहा छ, केपी ओलीको विरुद्धमा औंला ठड्याएर भाषण गर्नका लागि, केपी ओलीको सानुन्ने कडा -कडा प्रश्न उठाउनका लागी प्रकाश सपुत कुनै प्रतिपक्ष दलका नेता होइनन्। प्रकाश सपुत ऋिषी धमला पनि होइनन्। एउटा सर्जक आफ्ना सिर्जानाहरु मार्फत बोल्छ, भाषण बाट बोल्दैन। प्रकाश सपुतले बोल माया, सकम्बरी जस्ता सिर्जनाहरु मार्फत जनताको पिडा बोलीसकेका छन्।

नेपालीहरू मलाई अचम्मको लाग्छ। आफूले गर्न सक्ने केही हैन, तर अरूले कतिखेर के सानो गल्ती गर्ला र खोइरो खनौँला भनेर पर्खिएर बसेका हुन्छन्। मानौ की, तिनीहरुको दिमागमा कम्प्युटरको चिप्स जडान गरिएको छ, र तिनीहरुले
कहिल्यै गल्ती गर्दैनन्। यस्ता मान्छेहरूसँग रिस, आवेग, जलन, आक्रोश र ईर्ष्याको भकारी नै हुँदोरहेछ। संघर्षका दिनहरूमा प्रकाश सपुतको समर्थनमा एक शब्द पनि खर्च नगर्नेहरुले आज प्रकाश सपुतको बिरोधमा दश वटा भिडियो बनाईसकेका छन्। शरीर मान्छेको, तर टाउको कोब्रा सर्पको भएको यस्ता बिषादीयुक्त मान्छेहरूलाई जब सम्म घुँवा भरिएको च्याम्बर भित्र हाल्न सकिँदैन, तब सम्म देश बन्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर