मार्च २ मा मेलबर्नको फेडरेसन स्क्वायरमा होली मेला हुँदै

मार्च २ मा मेलबर्नको फेडरेसन स्क्वायरमा होली मेला हुँदै
नेपालआईज
९ फागुन २०८२ १०:३६

भिक्टोरिया  / मेलबर्न सिबीडीस्थित फेडरेसन स्क्वायरमा यही मार्च २ मा युवाको नेतृत्वमा होली मेला आयोजना हुने भएको छ। उक्त कार्यक्रम अनन्त इभेन्ट्स र नाइटइस्केपको संयुक्त आयोजनामा हुन लागेको हो।

कार्यक्रममा जेम्सी, एलिना चौहान, करण र सुष्मा कार्कीको प्रस्तुति रहने जानकारी अनन्त इभेन्ट्सका विवेक जंग खत्रीले दिएका छन्। दिनभरि तथा साँझसम्म सांगीतिक प्रस्तुति हुने बताइएको छ।आयोजकका अनुसार खुला आकाशमुनि आयोजना हुने यो कार्यक्रमले युवा पुस्ता र समुदायलाई संगीत, संस्कृति तथा विभिन्न सहभागितामूलक गतिविधिमार्फत एकै ठाउँमा जोड्ने लक्ष्य राखेको छ। मेलबर्नको फेडरेसन स्क्वायरमा यस प्रकारको नेपाली आउटडोर फेस्टिभल विरलै हुने गरेको छ।

होली मेलामा कलर प्ले तथा कलर टस क्षेत्र, खाना तथा पेय पदार्थ स्टल, लाइसेन्स प्राप्त बार क्षेत्र, गेम जोन, अनुभव क्षेत्र, फेस पेन्ट तथा स्टाइलिङसहितको ग्ल्याम–अप जोन, फोटो अवसर क्षेत्र, फेस्टा ग्यालरी, स्टेज अवलोकन क्षेत्र तथा केन्द्रीय संरचनाको वरिपरि सामाजिक भेटघाट स्थलको व्यवस्था रहनेछ।

नाइटइस्केपका सुबिन बिष्टले उक्त कार्यक्रमलाई केवल कन्सर्टमा सीमित नरहेको उल्लेख गर्दै युवाको सिर्जनशीलता, सांस्कृतिक पहिचान र होली मेलामार्फत सामुदायिक एकता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको