बालबालिकाहरू विद्यालय फर्किएको तस्बिर सामाजिक सञ्जालमा नराख्न अस्ट्रेलियन प्रहरीको सुझाव

बालबालिकाहरू विद्यालय फर्किएको तस्बिर सामाजिक सञ्जालमा नराख्न अस्ट्रेलियन प्रहरीको सुझाव
नेपालआईज
१६ माघ २०७९ १३:००


सिड्नी । अस्ट्रेलियामा शैक्षिक सत्र सुरु भएसँगै  विद्यार्थीहरू  नयाँ कक्षमा चढेमा छन् । लामो विद्यालय बिदापछि विद्यार्थीहरू नयाँ कक्षमा फर्किएसँगै  अभिभावहरुपनि  उत्साहित भएका छन्। ।  आफ्ना सन्ततिको खुसीमा उनीहरूले बालबालिकाहरु नयाँ कक्षामा भर्ना भएको तस्बिर  सामाजिक सञ्जालमा राखेका थिए । 
 तर, अस्ट्रेलियन प्रहरीले भने त्यस्ता तस्बिर सामाजिक सञ्जालमा नराख्न अभिभावकहरूलाई अनुरोध गरेको छ ।  बालबालिकाहरू पुनः विद्यालय फर्केको भन्दै तस्बिर सामाजिक सञ्जालमा नराख्न चेतावनी दिँदै प्रहरीले भनेको छ , ‘ती तस्बिरहरू बाल यौन दुराचारीको हातमा पर्न सक्छन् त्यस्ता तस्बिरहरू सामाजिक सञ्जालमा नराख्नु होला ।”

अस्ट्रेलियन फेडेरल पुलिसका कार्यवाहक सहायक आयुक्त हिल्डा सिरेकले बाल यौन अपराधीहरूले निर्दोष बालबालिकाका तस्बिरहरू सङ्कलन गर्न सक्ने बताइन् । ती तस्बिरहरू ग्रूमिङमा अगाडि बढ्ने तरिकाको रूपमा पनि प्रयोग गर्न सकिने चेतावनी समेत उनले दिइन् । सिरेकले बाल दुर्व्यवहार सामग्रीको केही सङ्ग्रह “टेराबाइट” मा फैलिएको र स्कुलको पोसाकमा बच्चाहरूको निर्दोष शटहरू समावेश गरिएको बताइन् । केही नेपाली अभिभावकहरुले पनि आप्ना छोरा छोरी विद्यालय फर्किएको तस्विर सामाजिक संजालमा राखेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको