Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
सिड्नीमा वृद्धवृद्धालाई कुटपिट गर्ने सहायक नर्स पक्राउ
नेपालआईज
१६ माघ २०७९ २१:०१
सिड्नी। एक जना नेपाली नर्सिङ सहायकले अस्ट्रेलियाको सिड्नीमा रहेको वृद्ध हेरचाह गृहमा वृद्ध बिरामीहरूलाई कुटपिट गरेकी छन्। अदालतमा उनले आफू माथि लगाइएको आरोप अस्विकार गरेकी थिइन। नेपालबाट वर्किङ भिसामा अस्ट्रेलियामा रहँदा अस्मिता पाण्डेले इपिङस्थित एस्टिया हेल्थमा कार्यरत थिइन् । एक पटक उनले एक वृद्धलाई नुहाउने धाराले हिर्काएको देखिएको थियो । साथै उनले चिया कोठामा अर्को वृद्धलाई अनुहारमा मुक्का हानेको बारेमा सहकर्मीहरूलाई बताएकी थिइन् । सहकर्मीहरूले उनको हिंसात्मक कार्यबारे रिपोर्ट गरेपछि पाण्डेलाई प्रहरीले गतवर्ष पक्राउ गरेको थियो। डिमेन्सिया भएकी एक ९५ वर्षीया जोन मुरेलाई पनि उनले कुटपिट गरेकी थिइन् । अदालतले उनिमाथीको मुद्दाबारे मार्चमा सजाय सुनाउने भएको छ। यध्यपी उनले यी सबै आरोप झुट भएको बताएकी छन्।