Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
न्यू साउथ वेल्समा नेपाली मूलकी गिप्सोना पौडेल सांसद बन्ने दौडमा !
नेपालआईज
२५ माघ २०७९ २१:२८
सिड्नी।नेपाली मूलकी गिप्सोना पौडेलले अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको चुनावमा क्याम्पबेलटाउनका लागि साँसद उम्मेदवार बन्ने भएकी छन् । मार्चमा हुने चुनावका लागि पौडेलले लिबरल पार्टीबाट उम्मेदवार बन्ने सुनिश्चित भएको हो ।
‘क्याम्पबेलटाउनका लागि लिबरल पार्टीको उम्मेद्वारको रूपमा मलाई न्यू साउथ वेल्सको संसदमा चुनेर पठाउनु भयो भने समुदायको हितमा शिक्षा रस्वास्थ्यमा निरन्तर लगानी, सेवा प्रवर्द्धन, महत्वपूर्ण पूर्वाधार निर्माण र साना व्यवसायहरूलाई प्रोत्साहन गर्ने मेरो प्राथमिकता हुन ,’ पौडेलले भनिन् ।
स्थानीय समुदायका लागि आवाज उठाउने पौडेल नेपालमा जन्मिएकी थिइन् र उनी अहिले परिवारसँगै मिन्टोमा बस्दै आएकी छन् ।उनका श्रीमान् विनोद पौडेल पनि स्थानीय समुदायमा सक्रिय रूपमा संलग्न छन् । विनोद क्याम्पबेलटाउन रोटरी क्लबका अध्यक्ष तथा म्याकार्थरका लागि पूर्व संघीय उम्मेदवार हुन् ।
वर्षौसम्म स्थानीय नागरिकको रूपमा बसेको र नरेलनमा टेलिकम्युनिकेसन रिटेल म्यानेजरको रूपमा काम गर्दा समुदायको समस्या नजिकवाट बुझ्न पाएकाले आफू निर्वाचित भए निर्वाचन क्षेत्रका जनताको समस्या समाधान गर्ने वताईन । ‘साना व्यवसायहरूलाई सहयोग चाहिन्छ र तिनीहरूको आर्थिक व्यवस्थापनको साथै पेरोटेट लिबरल पार्टीसंग ट्र्याक रेकर्ड र भविष्यको लागि योजना छ,’ उनले भनिन् ।
सबैको लागि उज्ज्वल भविष्य निर्माण गर्न सक्ने पौडेलको विश्वास छ। ‘यो महत्त्वपूर्ण चुनाव हो र लिबरलसँग कुनै पनि समुदाय पछाडि नछुटोस भन्ने सुनिश्चित गर्न भविष्यको योजना छ,’ पौडेलले थपिन् ।
न्यू साउथ वेल्सलाई ९३ स्टेट इलेक्टोरल डिस्ट्रिक्ट्स (राज्य निर्वाचन जिल्ला) मा विभाजन गरिएको छ । प्रत्येक जिल्लाका मतदातालेआफ्नो जिल्लाको प्रतिनिधित्व गर्न एक जनालाई विधान सभामा चयन गर्नेछन् । मतदाताले विधान परिषद्का ४२ सदस्यमध्ये २१ जनालाई पनि निर्वाचित गर्नेछन् ।
२०२१ को अगस्टमा न्यू साउथ वेल्सका ९३ निर्वाचन जिल्लाहरूलाई प्रत्येक जिल्लामा योग्य मतदाताहरूको सङ्ख्या सबै निर्वाचनजिल्लाहरूमा रहेको औसत नामांकनको तुलनामा १० प्रतिशतभन्दा बढीले फरक नहोस् भनी सुनिश्चित गर्न पुनः वितरण गरिएको थियो ।पुनर्वितरण २०२३ को राज्य चुनावको लागि लागू हुनेछ ।