अस्ट्रेलियन राजनीतिज्ञहरूले यसरी दिँदै छन् ‘भ्यालेन्टाइन डे’ को शुभकामना !

अस्ट्रेलियन राजनीतिज्ञहरूले यसरी दिँदै छन् ‘भ्यालेन्टाइन डे’ को शुभकामना !
नेपालआईज
२ फागुन २०७९ ८:४९

एजेन्सी


‘भ्यालेन्टाइन डे’ सामान्यतया सन्देशहरू पठाउने कुरासँग सम्बन्धित छ । तर, अस्ट्रेलियाका राजनीतिज्ञहरूले यसलाई कार्यक्रमहरूको विज्ञापन गर्ने, विपक्षीहरूको आलोचना गर्ने तथा मिम, कविता र शब्दहरू मार्फत परिवर्तनका लागि आह्वान गर्ने तरिकाको रूपमा लिएका छन् ।

एनडीआईएस मन्त्री बिल शोर्टेनले १४ फेब्रुअरीलाई लिएर सरकारको माइगभ (myGov) एपको बारेमा ट्वीटरमा कविता लेखे ।
“रोजेज आर रेड,
माइगभ इज ब्लु,
आवर माइगभ एप इज इज्जी टु युज,”


तर शोर्टेनको कविताबाट प्रभावित नभएका एक ट्वीटर प्रयोगकर्ताले आफ्नै कवितासहित रिप्लाइ गरे ।
“रोजेज आर रेड, आई सावर अनड्रेस्ड, द गभर्नेमेन्ट निड्स टु अभरहाउल द एनडीआईएस” उनले जवाफ दिए ।

शिक्षामन्त्री जासोन क्लेरले टीएएफई तथा बाल हेरचाह सस्तो बनाउने प्रतिबद्धता जनाए भने भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रयूले फेसबुकमार्फत् सरकारको ट्रेनमा सस्तो भाडा लिने योजनालाई प्रचार गरे ।
“ह्यापी भी/लाइन-टाइन्स डे, भिक्टोरिया,” उनले लेखे ।

अर्कोतर्फ संघीय सरकारको विपक्षी नेताले महँगी बढेको भन्दै लेबर पार्टीको आलोचना गरे ।

“रोजेज आर रेड
भायोलेट्स आर ब्लु
द लन्गर लेबर गभर्न्स
द मोर इट कस्ट्स यू,”
एलएनपी सिनेटर जेम्स माइकग्राथले ट्वीटरमा लेखे ।

जबकी ग्रिन्सले भ्यालेनटाइनलाई गाजा बैधानिकताको विषयलाई प्रचारप्रसार गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको