अस्ट्रेलियास्थित एक अस्पतालको शल्यक्रिया कक्षमा आगलागी, एक बिरामी गम्भीर

अस्ट्रेलियास्थित एक अस्पतालको शल्यक्रिया कक्षमा आगलागी, एक बिरामी गम्भीर
नेपालआईज
५ फागुन २०७९ १०:२२

पर्थ । पश्चिम अस्ट्रेलियाको एक अस्पतालको शल्यक्रिया कक्षमा आगलागी हुँदा एक बिरामी गम्भीर घाइते भएका छन् । पर्थनजिकै रहेको निजी सेन्ट जोन अफ गड सुबियाको हस्पिटलमा शल्यक्रियाकै क्रममा मंगलबार आगलागी भएपछि बिरामी गम्भीर घाइते भएका हुन् ।

घटनाबारे बिस्तृत छानबिन भइरहेको छ । घाइतेलाई फियोना स्टेन्ली हस्पिटलमा लगिएको तथा उनको अवस्था गम्भीर तथा स्थिर रहेको छ ।

सेन्ट जोन अफ गड सुबियाको हस्पिटलका कार्यकारी प्रमुख जेनी ब्रेन्टनले सो घटना भएको पुष्टि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको