अस्ट्रेलिया । अस्ट्रेलियन फेडेरल पुलिस (एएफपी) ले सिड्नीबाट प्रतिबन्धित लागुऔषधसहित २ नेपाली नागरिकलाई पक्राउ गरेको छ । हेयर डाइको ट्यूवभित्र ४५० ग्राम लागुऔषधसहित फेब्रुअरी २२ मा पक्राउ गरिएको एएफपीले एक विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ परेका दुबै २१ वर्षीय युवक रहेको तथा उनीहरूलाई पाइन रिभर्स म्याजिस्ट्रेट कोर्टमा बिहीबार उपस्थित गराइएको थियो । दोषी प्रमाणित भए उनीहरूले २५ वर्षसम्मको जेल सजाय भोग्नुपर्नेछ ।
न्यू साउथ वेल्सको क्यासिनोबाट राति १० बजेर २० मिनेटमा रोमा सेन्ट बस स्टेसनमा आउँदा एएफपीले खानतलासी गरेको थियो । उनीहरूले यसअघि सिड्नीबाट क्यासिनो ट्रेनबाट आएका थिए ।
खानतलासी गर्दा उनीहरूसँग टावेलमा बेरेर राखेको ६ वटा हेयर डाइ ट्यूव भेटिएको थियो । एएफपीले त्यसमा प्रतिवन्धित लागुऔषध रहेको दाबी गरेको छ । उनीहरूलाई पुनः मार्च ३ मा अदालतमा ल्याइनेछ ।
विस्तृत यहाँ हेर्नुहोस् ।