नेपालीलाई युक्रेन प्रवेश नगर्न राजदूतावासले सचेत गरायो (सूचनासहित)

नेपालीलाई युक्रेन प्रवेश नगर्न राजदूतावासले सचेत गरायो (सूचनासहित)
नेपालआईज
१४ फागुन २०७९ ९:३५

जर्मनी । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले नेपाली नागरिकलाई युक्रेन प्रवेश नगर्न सचेत गराएको छ । राजदूतावासले एक सूचना जारी गरी गैरकानुनी रूपमा युक्रेन प्रवेश गर्ने नेपालीलाई त्यहाँबाट युक्रेनसँग सिमाना जोडिएका देशमा लैजान सक्ने अवस्था नरहेको भन्दै कसैको प्रलोभनमा परी यस्तो कदम नउठाउन सचेत गराएको हो ।

युक्रेनसँग सिमाना जोडिएका कुनै पनि मुलुकमा जान सम्बन्धित मुलुकको युक्रेनस्थित दूतावास वा सिमानामा रहेको अध्यागमन कार्यालयले भिषा दिन बन्द गरेको पनि राजदूतावासले स्पष्ट पारेको छ ।

युक्रेनमा हाल अन्तर्राष्ट्रिय उडानसमेत स्थगित भएकाले यस राजदूतावासबाट यात्रा अनुमतिपत्र जारी भई त्यहाँबाट बहिर्गमन हुनसक्ने अवस्था पनि रहेकाले कसैको प्रलोभनमा परी वा स्वेच्छाले कुनै माध्यमबाट युक्रेन प्रवेश नगर्न सबैसँग अनुरोध गरिएको छ ।

यो सूचनालाई बेवास्ता गरी गैरकानुनी रूपमा युक्रेन प्रवेश गरेमा त्यसबाट उत्पन्न हुने असहज परिस्थितिका लागि सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार हुनेसमेत राजदूतावासले स्पष्ट पारेको छ ।

सन् २०२२ फेबु्रअरी २४ तारिखबाट सुरु भएको रुस–युक्रेन युद्धका कारण समस्यामा परेका ६ सयभन्दा बढी नागरिकलाई नेपाली राजदूतावास बर्लिनले विभिन्न संघसंस्थाको सहयोगमा युक्रेनबाट बहिर्गमन गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर