Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
मलेसियामा पाँच दिनसम्म अलपत्र परेका एक नेपालीको एनआरएनए वेस्टर्न अस्ट्रेलियाद्वारा उद्दार !
नेपालआईज
१५ फागुन २०७९ ११:३०
पर्थ । मलेसियाको विमानस्थलमा ५ दिनदेखि अलपत्र एक नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ ।
उनलाई एनआरएनए वेस्टर्न अस्ट्रेलियाका सदस्य तथा पर्थ निवासी सन्दीप श्रेष्ठको सहयोगमा उद्धार गरिएको हो ।
मलेसिया हुँदै नेपाल गइरहेका श्रेष्ठले मलेसियाको विमानस्थलमा खानेकुरा किन्न जाँदा सेल्समेनले उनलाई एक नेपाली पाँच दिन देखि अलपत्र परेको जानकारी गराएको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा वेस्टर्न अस्ट्रेलियाका संयोजक दीपक बस्नेतले नेपाल आईजलाई बताए ।
मलेसिया एयरपोर्टमा रहेका श्रेष्ठले एनआरएनए वेस्टर्न अस्ट्रेलियाका सल्लाहकार तथा पूर्व संयोजक राज थपलियासँग पनि सहयोग मागेका थिए । थपलियाले भने डोको टूर्सका संचालक तथा निर्देशक विजय पौडेल क्षेत्रीसँग सम्पर्क गरे ।
त्यसपछि क्षेत्रीले विमानस्थलमा अलपत्र परेका श्याम बहादुरका लागि नेपालसम्मका एकतर्फी टिकट मिलाई दिए।
श्याम अब सन्दीप श्रेष्ठसँगै नेपाल फर्किएका छन् । श्रेष्ठले नेपालको विमानस्थलबाट श्यामका लागि नवलपरासीसम्मको यात्राको व्यवस्था मिलाउने भएका छन् ।
एनआरएनए वेस्टर्न अस्ट्रेलियाका सदस्य सन्दीप श्रेष्ठ