अस्ट्रेलिया । अस्ट्रेलियाका इमिग्रेसन, सिटिजन एन्ड मल्टिकल्चरल अफेयर्समन्त्री एन्ड्रयू गिल्सले होली पर्वको शुभकामना व्यक्त गरेका छन् । मन्त्री गिल्सले अस्ट्रेलियामा होली पर्व मनाउनेहरूलाई शुभकामना व्यक्त गरेका हुन् ।
उनले होली उज्यालो र रंगको रमाइलो उत्सव भएको तथा यसले जाडोको अन्त्य र वसन्तको सुरुवातको रूपमा रहेको बताए । होलीको जीवन्तता बहुसांस्कृतिक पात्रोको एक मुख्य पर्व भएको छ तथा विभिन्न पृष्ठभूमिका अस्ट्रेलियनहरूले एकसाथ यो पर्व मनाउने गरेको उनले उल्लेख गरे ।