Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
भारतसँग व्यापार तथा पर्यटन क्षेत्रको सम्बन्ध थप बलियो बनाउन सफल भएँ: प्रधानमन्त्री अल्बानिज
नेपालआईज
२९ फागुन २०७९ ८:१६
अस्ट्रेलिया । अस्ट्रेलियन प्रधानमन्त्री एन्थनी अल्बानिजले भारतमा अस्ट्रेलियन उत्पादन र पर्यटन प्रबर्द्धन लागि सहकार्य गरेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् अल्बानिजले भारत भ्रमणका क्रममा अस्ट्रेलियन तथा भारतीय व्यापारीबीचको सम्बन्ध विस्तार गरेको तथा भारतसँगको व्यापारिक, पर्यटन तथा अन्य क्षेत्रको सम्बन्ध थप बलियो बनाएको उल्लेख गरेका हुन् ।
३ दिने भारत भ्रमण गरेका उनले भारत र अस्ट्रेलियाबीच शिक्षा र संस्कृतिदेखि रक्षा र व्यापारसम्म गहिरो सम्बन्ध स्थापित गरेकोसमेत जनाए । अल्बानिजले आफू सन् १९९१ मा भारत जाँदा र अहिलेको समयमा धेरै परिवर्तन भइसकेको पनि उल्लेख गरे ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई उच्च सम्मान गरेको बताएका छन् । उनले मोदीसँग दुई देशबीचको ७५ वर्ष लामो सम्बन्ध अहमदाबादमा क्रिकेटमार्फत् मनाएकोसमेत बताएका छन् ।