मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया प्रहरीले अनलाइन स्क्याममा संलग्न भएको आरोपमा कारबाही गरेको छ ।
प्रहरीका अनुसार ठगीमा संलग्न व्यक्तिले भाडामा घरजग्गा खोजिरहेका मानिसलाई अनलाइनमार्फत् सम्पर्क गर्ने र त्यपछि घरजग्गा देखाउँदै भाडा र बन्ड भुक्तानी लिएर उनीहरूसँगको सबै सम्पर्क विच्छेद गर्ने गरेका थिए ।
३८ वर्षीय उक्त व्यक्तिले सन् २०११ देखि नै अनलाइनमार्फत ठगी गर्दै आएको आरोप लगाइएको छ । उनलाई मेलवर्नको काउफिल्डबाट पक्राउ गरेको थियो । उनीमाथि ठगीको आठ मुद्दा चलाइने भएको छ ।