अस्ट्रेलिया । एनआरएनए अस्ट्रेलियाले ‘एनआरएनए अस्ट्रेलिया इन्टरनेसनल अवार्ड्स २०२३’ का लागि मनोनयन आह्वान गरेको छ । एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले विज्ञप्तिमार्फत् अवार्डका लागि मनोनयन आह्वान गरिएको जानकारी गराएका हुन् ।
एनआरएनए अस्ट्रेलियाले समाजमा शिक्षा, खेलकुद, सामाजिक सेवा, संगीत, प्रदर्शन कलालगायत क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका नेपाली वा नेपाली मूलका व्यक्तिहरूलाई पुरस्कृत गर्ने प्रयास गरिरहेको छ ।
यस वर्ष ५ सदस्यीय प्यानलले १२ अप्रिल २०२३ सम्म प्राप्त मनोनयनहरूबाट विजेताहरूको निर्णय गर्ने भएको छ । विजेताहरूको घोषणा १३ अप्रिलमा गरिने छ । एनआरएनए अस्ट्रेलियाका सदस्यहरू र सञ्चालक समितिले फारम भरेर व्यक्ति र समूहलाई मनोनयन गर्न सक्नेछन् । फारम अप्रिल १२ को मध्यरात सम्म भर्न सकिनेछ ।