नेपाल । नेकपा समाजवादीनिकट प्रवासी सङ्गठन प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलिया साबिकको कमिटी पुनर्गठन भएको छ ।
अच्युत शर्मा थपलिया मञ्चको निर्विरोध अध्यक्ष भएका छन् । हालै जुममार्फत् सम्पन्न बैठकले तत्कालीन अध्यक्ष राजनकुमार बस्नेतले सङ्गठनको हितविपरीत काम गरेको भन्दै मञ्चको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।
यसैबीच पुनर्गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष पूर्ण लामिछाने, उपाध्यक्ष लक्ष्मण श्रेष्ठ, उपाध्यक्ष तारालाल घिसिङ र महासचिव उद्धव खड्का रहेका छन् । कोषाध्यक्षमा सरोज नेपाली रहेका छन् ।
सदस्यहरूमा हरिलाल लामिछाने, कमल देवकोटा , सीके भुसाल, विवेक अर्याल , अबानिस नेपाल , रमेस सोडारी, डा .ईभ धिसि, सुमन शर्मा , रञ्जन मैनाली, पुस्पा थापा, दीपक भुसाल, सुनिता दाहाल, मनिस पराजुली , अस्बिन केसी, विवेक श्रेष्ठ, सबिन गैजु, अंजल गोतामे , सुशील फुँयाल, रञ्जना घर्ती, प्रसिद्ध ढुङ्गेल रहेका छन् ।
मञ्चको सल्लाहकारहरूमा डा. राजु मानन्धर, भरत पन्त, नरेश थापा, सन्तोष पाण्डे छन् । २७ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो ।