‘हून’ कार्यक्रमसँग सम्बन्धित व्यक्तिहरूलाई जेल सजाय हुने

‘हून’ कार्यक्रमसँग सम्बन्धित व्यक्तिहरूलाई जेल सजाय हुने
नेपालआईज
१० वैशाख २०८० १७:४१

अस्ट्रेलिया । अस्ट्रेलियाको क्विन्सल्यान्डमा ‘हून’ कार्यक्रमका दर्शक, प्रवर्द्धकहरू र नक्कली दर्ता प्लेटहरू प्रयोग गर्ने ‘हून’ हरूले एक वर्षको जेल सजाय भोग्ने भएका छन् । क्विन्सल्यान्डको संसदबाट पारित नयाँ नियम अनुसार उनीहरूले एक वर्ष जेल सजाय भोग्नु पर्नेछ ।

क्विन्सल्यान्ड रोड सेफ्टी स्ट्राटेजीका अनुसार २०२० मा सडक बिग्रेका कारण आर्थिक लागत ६ बिलियन डलर थियो । साथै १५ प्रतिशत मानिस अस्पताल भर्ना भएका थिए ।

क्विन्सल्यान्ड पुलिसमन्त्री मार्क रायनले भने, “यदि तपाईँ हाम्रो सडक बिगार्नुहुन्छ भने हामी तपाईँको कार बिगार्नेछौँ ।” उनले हुनिङ कार्यक्रमको दर्शन बन्नेले पनि कानुनको उल्लंघन गरेको मानिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको