क्‍वाड समूहको बैठक अस्ट्रेलियामा बस्‍ने

क्‍वाड समूहको बैठक अस्ट्रेलियामा बस्‍ने
नेपालआईज
१३ वैशाख २०८० ६:३९

एजेन्सी । अन्तर्राष्ट्रिय संगठन क्‍वाड समूहको बैठक अष्ट्रेलियामा हुने भएको छ । अमेरिका, भारत, जापान र अष्ट्रेलिया गरी चार देश सम्मिलित क्‍वाड समूहको बैठक आगामी २४ मेमा हुने भएको हो ।

बैठकको मिति अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले घोषणा गरेका छन् । अष्ट्रेलियाले पहिलोपटक आयोजना गर्न लागेको क्‍वाड बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जापानका प्रधानमन्त्री फ्युमिदो किसिदा र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज सहभागी हुने छन् ।

क्‍वाडलाई चीनले सुरुदेखि नै आफूविरुद्ध रहेका देशहरूको समूह मान्ने गरेको छ । आफ्नो बढ्दो शक्तिलाई रोक्ने उद्देश्यले यो समूह बनाइएको चीनको आशंका छ । क्‍वाडको पहिलोपटक सन् २००७ मा मनिलामा बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको