Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलियामा रहेका क्यान्सर पीडित नेपाली युवाको सहयोगका लागि अपिल
नेपालआईज
१६ वैशाख २०८० १२:५५
अस्ट्रेलिया । अस्ट्रेलियामा रहेका क्यान्सर पीडित नेपाली नागरिकका लागि आर्थिक सहयोगका लागि अपिल गरिएको छ । पाँच महिनाअघि मात्र अस्ट्रेलिया पुगेका युवा नेपाली विद्यार्थी मनिश पराजुलीमा क्यान्सर देखिएको छ ।
उनी मेलवर्न इन्स्टिच्यूट अफ टेक्नोलोजीमा स्नातकोत्तर अध्यनरत छन् । तर २३ वर्षीय पराजुलीमा सालिभरी ग्लान्ड क्यान्सर देखिएको छ । उनको उपचार अस्ट्रेलियामा महँगो हुने भएका कारण भारतको अपोलो अस्पतालमा उपचार गराउनुपरेको छ ।
उनको उपचारका लागि अहिल आर्थिक सहयोग संकलन चलिरहेको छ । १५ हजार अमेरिकी डलर उठाउने उद्देश्यसहित गोफन्ड सञ्चालन गरिएको छ । अहिलेसम्म ५ हजार ६ सय डलर संकलन भएको छ ।