Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलियाका सहायक विदेशमन्त्री वाट्स नेपालको भ्रमण गर्ने
नेपालआईज
२५ वैशाख २०८० ९:१६
अस्ट्रेलिया । अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्स औपचारिक भ्रमणका लागि नेपाल जाने भएका छन् । सहायक विदेशमन्त्री वाट्सले आफू नेपाल जान लागेको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका हुन् ।
वाट्स यसै महिना नेपाल जाने भएपनि समय तोकिएको छैन । नेपाल भ्रमणअघि वाट्सले अस्ट्रेलियामा रहेका नेपालीसँग अन्तरक्रियासमेत गरेका थिए ।
अन्तरक्रियाका क्रममा उनले दुई देशबीचको सम्बन्ध सुधार तथा भ्रमणको एजेन्डाबारे छलफल गरेका थिए ।