क्यानबेरा । नेपाली जनसम्पर्क समिति क्यानवेराको अध्यक्षमा ललित मल्ल सर्वसम्मत चयन भएका छन् । आइतबार क्यानवेरामा भएको भेलाले मल्लको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुरज गिरी र जनक पौडेल .सचिव केदार चापागाई, सह–सचिव प्रभाकर शाह, अभिषेक अधिकारी कोषाध्यक्षमा अर्जुन ढुंगेल तथा सह–कोषाध्यक्षमा अनिल पौडेल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा, ललित बिष्ट, दिप्त रिज़वी, शतिश गुरु्ग, उषा दवाडी, सुरज ढकाल, सरन न्यौपाने र सबिन कार्की छन् । नवनिर्वाचित अध्यक्ष मल्लले संस्थालाई, निष्पक्ष, पारदर्शी सबै अटाउन सक्ने गरी भावनात्मक एकता कायमगरी अगाडि लैजाने प्रतिबद्वता व्यक्त गरे ।