अस्ट्रेलियाको मेलवर्नमा भूकम्प

अस्ट्रेलियाको मेलवर्नमा भूकम्प
नेपालआईज
१५ जेठ २०८० ८:११

अस्ट्रेलिया । अस्ट्रेलियाको मेलवर्नमा आइतबार राति भूकम्प गएपछि नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

मेलवर्नको सनवरीमा आइतबार राति ११:४० बजे ३.८ म्याग्निच्यूडको भूकम्प गएको हो । मेलवर्नमा १ सय २० वर्षमा पहिलोपटक भूकम्प गएको जनाइएको छ ।

भूकम्पको धक्काका कारण कैयौँ मानिस घर बाहिर निस्किएका थिए । तर अहिलेसम्म कुनै हताहतको सूचना भएको प्राप्त भएको छैन ।

भिक्टोरियाको स्टेट एमेरजेन्सी सर्भिसले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको