अस्ट्रेलिया । अस्ट्रेलियाको भिक्टोरिया सरकारले कडा परिश्रम गर्ने प्रशिक्षार्थीहरूको जीवनयापन सहज बनाउन सहयोग गर्ने योजना अघि सारेको छ ।
एन्ड्रयूजको लेबर सरकारले अर्को महिनादेखि योग्य प्रशिक्षार्थीहरूका लागि सवारी दर्ता नि: शुल्क बनाउने भएको छ । प्रिमियर ड्यानियल एन्ड्रयूज र सडक तथा सडक सुरक्षामन्त्री मेलिसा हर्नले १ जुलाईदेखि नि:शुल्क सवारी दर्ताका लागि योग्य हुने प्रशिक्षार्थीहरूलाई भेट्न ब्रोडमेडोजको कंगन इन्स्टिच्युटको भ्रमण गरे ।
नि:शुल्क सवारी दर्ताका कारण उनीहरूले प्रत्येक वर्ष ८६५ डलरसम्म बचत गर्नेछन् । यो योजनाका लागि भिक्टोरियाको सरकारले आर्थिक वर्षको बजेटमा १० मिलियन डलर छुट्टयाएको छ ।
यस योजनाअन्तर्गत सिकर्मी, जोर्नर, इँटा बनाउने, प्लम्बरहरू, इलेक्ट्रीशियनहरू र शेफहरू जस्ता प्रशिक्षार्थीहरूलाई नि:शुल्क दर्ता प्रदान गर्नेछ। तर रोजगारदाताले उनीहरूको गाडी कामको एक आवश्यक भाग हो भनेर प्रमाणित गर्नुपर्ने छ ।