अष्ट्रेलिया । अस्ट्रेलियाको भिक्टोरियामा पछिल्लो एक महिनामा सिट बेल्ट नलगाई अथवा फोन चलाउँदै गाडी ड्राइभ गर्ने करिब ३ हजार चालक रंगेहात पक्राउ परेका छन् ।
भिक्टोरिया राज्यले एक महिनाअघि चालकहरूको गतिविधि निगरानी गर्न नयाँ एआई प्रविधियुक्त क्यामेराहरू जडान गरेको थियो । उच्च क्षमताको लेन्सहरू प्रयोग गरिएको एआई टेक्नोलोजी जडित क्यामेराले नियमविपरीत गाडी चलाउने चालकहरूको फोटो खिच्ने गर्दछ ।
१५ सयभन्दा बढी चालक र २२५ यात्रुहरू सिट बेल्ट नलगाएको अवस्थामा फेला परे भने झन्डै १२ सय चालकले मोबाइल फोन प्रयोग गरिरहेका थिए । उक्त नियमविपरीत काम गर्नेलाई अहिले चेतावनी मात्र दिइए पनि जुलाई १ पछि ५७७ डलर तथा चार ‘डिमेरिट पोइन्ट’ जरिवाना गरिनेछ ।