अस्ट्रेलियामा १२ औँ पटक ब्याजदरमा वृद्धि

अस्ट्रेलियामा १२ औँ पटक ब्याजदरमा वृद्धि
नेपालआईज
२३ जेठ २०८० १२:३८

अस्ट्रेलिया । रिजर्भ बैँक अफ अस्ट्रेलिया (आरबीए) ले गत वर्षको मे महिनायता लगातार १२ औँ पटक ब्याजदरमा वृद्धि गरेको छ । उच्च मुद्रास्फीतिलाई सम्बोधन गर्नका लागि ब्याज दरमा वृद्धि गरिएको आरबीएले जनाएको छ ।

आरबीएले नगद दर लक्ष्यलाई २५ आधार बिन्दुले ४.१० प्रतिशतमा पुर्‍याएको छ । यससँगै औसत अस्ट्रेलियनहरूको मोर्टेज (धितो ) भुक्तानीमा २०२२ को अप्रिलपछि थप १ हजार २ सय ६४ डलरले बढेको छ ।

२०२२ को अप्रिलमा नगद दर ०.१० प्रतिशत मात्र रहेको थियो । अस्ट्रेलियाको आधार ब्याजदरको स्तर अप्रिल २०१२ पछिको उच्चतम बिन्दुमा पुगेको छ । आरबीएका गभर्नर फिलिप लोले आजको वृद्धि मुद्रास्फीति नियन्त्रण गर्न आवश्यक कदम रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको