अस्ट्रेलियाको न्यू साउथ वेल्समा बस दुर्घटना, १० जनाको मृत्यु, २५ जना घाइते

अस्ट्रेलियाको न्यू साउथ वेल्समा बस दुर्घटना, १० जनाको मृत्यु, २५ जना घाइते
नेपालआईज
२९ जेठ २०८० ६:२०

अस्ट्रेलिया । अस्ट्रेलियाको न्यू साउथ वेल्समा भएको बस दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको छ । अन्य २५ जना घाइते भएका छन् ।

बसमा सवार यात्रुहरू न्यू साउथ वेल्सको हन्टर क्षेत्रमा आयोजना हुने भनिएको विवाह समारोहमा सहभागी हुन जान लागेका थिए । बस स्थानीय समयअनुसार राति ११.३० बजे दुर्घटनाग्रस्त भएको हो ।

यसैबीच, प्रहरीले ५८ वर्षीय बस चालकलाई पक्राउ गरेको छ । एक्टिङ असिस्टेन्ट कमिसनर ट्रेसी चापम्यानले बसका चालक पक्राउ गरिएको तथा उनीविरुद्ध मुद्दा चलाउन प्रयाप्त आधार रहेको बताइन् ।

दुर्घटनालगतै घटनास्थलमा आपतकालीन सेवालाई बोलाइएको थियो । मृतक र घाइतेहरूलाई हेलिकप्टरबाट अस्पताल पुर्‍याइएको थियो । विशेष फोरेन्सिक प्रहरी र क्रयास इन्भेस्टिगेसन युनिटले घटनाको छानबिन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको