अस्ट्रेलियाको ठूलो कर छलीमा सघाउने एक वकिललाई ९ वर्षको जेल सजाय

अस्ट्रेलियाको ठूलो कर छलीमा सघाउने एक वकिललाई ९ वर्षको जेल सजाय
नेपालआईज
१९ असार २०८० १०:२५

अस्ट्रेलिया । अस्ट्रेलियाको सबैभन्दा ठूलो कर छलीमा सघाउने एक वकिललाई ९ वर्षको जेल सजाय सुनाइएको छ । न्यू साउथ वेल्सको सर्वोच्च अदालतले वकिल ३९ वर्षीय देव मेननलाई नौ वर्षको गैर-प्यारोल अवधिको सजाय सुनाइएको हो ।

न्यायाधीशका अनुसार मेननले आफ्नो कानुनी ज्ञान प्रयोग गरेर प्लुटस पेरोल ठगी-चोरी योजनालाई ढाक्न मद्दत गरेका थिए । उनले जानाजानी लगभग दुई वर्षसम्म यो षड्यन्त्रमा संलग्न थिए ।

उनी पहिलो पटक मे २०३२ मा रिहाइका लागि योग्य हुनेछन् । सन् २०१७ मा अस्ट्रेलियन फेडेरल पुलिसले यो मुद्दा टुंग्याउँदा अस्ट्रेलियन कर कार्यालयले १०५ मिलियन डलरभन्दा बढी गुमाउनु परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको