अस्ट्रेलिया । अस्ट्रेलियाको सिड्नीमा रहेको एक सैलुनमा दुई जनामाथि गोली प्रहार भएको छ । मारिकभिलमा रहेको उक्त सैलुनमा शुक्रबार दिउँसो १:५० मा गोली चलेको बताइएको छ ।
गोली लागि दुवै जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । उनीहरूलाई रोयाल प्रिन्स अल्फ्रेड अस्पतालमा भर्ना गरिएको छ । गोली लाग्नेमा एक २० वर्षीय तथा अर्का ३३ वर्षीय पुरुष रहेका छन् ।
२० वर्षीय युवकको छाती तथा ३३ वर्षीय पुरुषको ढाडमा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । गोली काण्डपछि उक्त मारिकभिल नजिकै दुईवटा कार आगो लागेको अवस्थामा फेला परेको थियो ।