अष्ट्रेलिया । सिड्नीको सेन्ट जर्ज क्षेत्रको ‘लोकल बिजनेस अवार्ड’ को २०२३ संस्करणमा उत्कृष्ट शैक्षिक सेवा प्रदान गरेवापत डेन्टेड कोडलाई सम्मान गरिएको छ। बुधवार भएको कार्यक्रममा डेन्टेड कोडलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
अवार्ड ग्रहण गर्दै डेन्टेड कोडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रेम आचार्यले समाजको अथक परिश्रम र योगदानको कदरस्वरूप उक्त अवार्ड पाएको बताए । डेन्टेड कोडका बिजनेस डेभलपर प्रबन्धक मदनमणि अधिकारीले अस्ट्रेलियाको व्यावसायिक क्षेत्रबाट यस्तो सम्मान पाउनुले डेन्टेड कोडले सञ्चालन गरेको व्यावसायिक सिप तालिमको सफलता प्रमाणित भएको बताए ।
डेन्टेड कोडले नेपाली मात्र नभई विश्वका अन्य देशका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि अष्ट्रेलियाको आईटी क्षेत्रमा तालिम लिएर रोजगारी र करियर बनाउन मद्दत गरिरहेको अधिकारीले जानकारी दिए ।
अस्ट्रेलियन स्किल्स कमिसनको प्रक्षेपण अनुसार सन् २०२६ सम्ममा अष्ट्रेलियालाई ४२,००० भन्दा बढी सफ्टवेयर इन्जिनियर र प्रोग्रामरको आवश्यकता पर्नेछ।
अष्ट्रेलियामा, सफ्टवेयर इन्जिनियरहरू र प्रोग्रामरहरू रोजगारदाताबाट ‘प्रायोजित’ भई PR प्राप्त गर्नमा पहिलो नम्बरमा छन् । आईटी क्षेत्रमा दिगो र भरपर्दो करियरका कारण आईटी अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या पनि बढिरहेको छ ।